आज देशभर आंशिकदेखि सामान्य बदली रहि एक/दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ, २ साउन – आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखा​ले जनाएको छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक/दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Facebook Comments Box