काठमाडौँमा उपत्याकामा २१८ जना सहित देशभर थप ४५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा २१८ जना सहित देशभर थप ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार २४१ आरटी पीसीआर तथा २ हजार ३१० एन्टीजेन परिक्षण सहित ४ हजार ६५१ जनाको परिक्षण गर्दा थप ४५७ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ७९३ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ७७६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६८ हजार ६४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कारणा १ जनाकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५४ रहेको छ ।

Facebook Comments Box