काठमाडौँमा उपत्याकामा १६४ जना सहित देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३० असार – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा १६४ जना सहित देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार २७ आरटी पीसीआर तथा १ हजार ८१७ एन्टीजेन परिक्षण सहित ३ हजार ८४४ जनाको परिक्षण गर्दा थप २६० जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ७६७ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १७१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६७ हजार ८५८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्भया शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ रहेको छ ।

