सर्वदलीय सरकार बनाउन श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंगे राजीनामा दिन तयार

काठमाडौं, २५ असार – श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंगेले आफू राजीनामा दिन तयार रहेको बताएका छन्। प्रधानमन्त्री कार्यालयले विक्रमासिंगे राजीनामा दिएर सर्वदलीय सरकारका लागि बाटो छाड्न तयार रहेको बताएको हो।

शनिबारको सर्वदलीय बैठकमा सबै दलका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए। ‘नागरिकहरुको सुरक्षा सुनिश्चित गर्न विपक्षी पार्टीका नेताहरुको सिफासिअनुसार राजीनामा दिन उहाँ तयार हुनुहुन्छ,’ प्रधानमन्त्री कार्यालयले भनेको छ।

दलका नेताहरुले सर्वदलीय सरकार बनाउने निर्णय गरेका छन्। शनिबार बिहान प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जामा लिएका छन्। राष्ट्रपति गोताबाय राजापाक्षे भने घर छाडेर भागेका छन्।

Facebook Comments Box