आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले अमेरिकाको सामना गर्दै

मुग्लिन, २८ जेठ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार नेपालले अमेरिकाको सामना गर्दै छ। सिरिजको पहिलो खेलमा ओमानसँग १३ रनको हारको सामना गरेको नेपालले दोस्रो खेलमा अमेरिकासँग खेल्न लागेको हो। अमेरिकाले भने पहिलो खेलमा ओमानमाथि ११४ रनको फराकिलो जित हात पारेको थियो।

शनिबार हुने खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ। नेपाललले पछिल्ला चार खेलमध्ये ३ खेलमा अमेरिकालाई हराएको छ भने एक खेलमा हारको सामना गरेको छ। यद्यपि अमेरिकालाई घरेलु मैदानको पनि फाइदा हुनेछ।

Facebook Comments Box