बैतडीमा सर्पले डस्दा एक जनाको मृत्यु

काठमाडौँ, १४ जेठ – बैतडीमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। जिल्लाका सिगास गाउँपालिका- ७ नुवाघर बस्ने ५५ वर्षीय करे दमाईको सर्पदंशबाट मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घरमै सुतिरहेका बेला शुक्रवार राति उनलाई सर्पले टोकेको हो। समयमै उपचार नपाउँदा केहीबेरमै उनको मृत्यु भएको स्थानीयले बताएका छन्।

Facebook Comments Box