धम्की दिएर सात करोड रुपैयाँ उठाउन खोजेको आरोपमा प्रहरीले पत्रकारसहित सात जनालाई पक्राउ

काठमाडौं, १३ जेठ – धम्की दिएर सात करोड रुपैयाँ उठाउन खोजेको आरोपमा प्रहरीले केही पत्रकारसहित सात जनालाई पक्राउ गरेको छ।योजनावद्ध रुपमा पटक–पटक फोन र प्रत्यक्ष भेटेर ७ करोड रुपैयाँ माग गरेको सूचनाको आधारमा प्रहरीले पत्रकारसहित सात जनालाई पक्राउ गरेको हो।

अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट सुजन आचार्यसहित सात जनालाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका पत्रकारहरू आवद्ध सञ्चारमाध्यम खुलाएको छैन।

पक्राउ पर्नेमा सुजन आचार्य, टेक विक, धर्मराज थापा, उमेश भण्डारी, वसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की छन्। सुजन यसअघि मकवानपुरमा लुटपाटकाे आरोपमा पक्राउ परेका थिए।

पक्राउ परेकामाथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ। पक्राउ पर्नेमा सुजन आचार्य र वसन्ता खनाल पत्रकार हुन्। यसबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box