काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह २० हजार ७४३ मतान्तरले अघि
काठमाडौं. ११ जेठ – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाहले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। बिहान साढे ६ बजेसम्म गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये साह २० हजार ७४३ मतान्तरले अघि छन्। गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेकी छिन्।
एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन्। उनले ३३ हजार ९ सय ७५ मत प्राप्त गरेका छन्। स्थापित र शाहबीचको मतान्तर २० हजार ७४३ छ भने सिंह र साहको मतान्तर २० हजार ११० रहेको छ। काठमाडौं महानगरपालिकामा २२ हजार ५६४ मत गणना गर्न बाँकी छ।
Facebook Comments Box

