इन्डियन प्रिमियर लिगअन्तर्गतको प्लेअफमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्स फाइनलमा

काठमाडौं. ११ जेठ – इन्डियन प्रिमियर लिगअन्तर्गत सोमबार भएको प्लेअफमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगेको छ। सोमबारको खेलमा गुजरातले राजस्थानले ७ विकेटले पराजित गरेको हो।

पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८८ रन बनाएको थियो। राजस्थानका लागि जोस बटलरले ८९ रनको पाली खेलेका थिए भने सन्जु सामसनले ४७ रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातले ३ बल बाँकी छँदै ३ विकेटको क्षतिमा १९१ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। गुजरातका लागि डेभिड मिलरले अविजित ६८ रनको पाली खेले। हार्दिक पाण्डेले अविजित ४० रन बनाए। दास्रो प्ले अफमा आज लखनउ सुपर जायन्टस र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ।

Facebook Comments Box