मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी

काठमाडौं, ४ जेठ – मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा श्यामप्रसाद राजवंशी र उपमेयरमा मीरादेवी दास केवरत निर्वाचित भएका हुन् ।

राजवंशीले ८ हजार ६३९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार यज्ञबहादुर कार्कीले ६ हजार ९५३ मत पाए । उपमेयरमा निर्वाचित मीरादेवीले ८ हजार ३८३ मत पाउँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसकी विमलादेवी केवरतले ७ हजार ४२७ मत ल्याइन् ।

कांग्रेसको प्रभाव क्षेत्र मानिने सुनवर्षीमा राजवंशी २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । विजयी उपप्रमुख केवरत एमालेबाटै उम्मेदवार बनेकी थिइन् । त्यसबेला दुवै जना दोस्रो बनेका थिए ।

Facebook Comments Box