एनपिएलः आज लुम्बिनी र चितवन आमनेसामने
काठमाडौँ, ४ मङ्सिर – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुने भएका छन्। रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदान उत्रनेछ भने कुशल मल्ल नेतृत्वमा रहेको चितवन राइनोजले दोस्रो जितकाे लक्ष्य लिएको छ। पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको चितवन प्लेअफ नजिक पुग्ने दाउमा छ। लुम्बिनी भने सुखद् सुरुवात गर्दै लिगमा राम्रो प्रभाव जमाउन चाहन्छ।
गत संस्करणमा लुम्बिनीले सात खेलमध्ये एकमात्र जित निकालेको थियो, भने चितवन राइनोज प्लेअफसम्म पुगेको थियो। त्यसैगरी, अघिल्लो संस्करणको लिग चरणमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको थियो। आज चितवन उक्त हारको बदला लिन मैदान उत्रनेछ भने लुम्बिनी लगातार दोस्रो जित हात पार्ने योजनामा छ।
Facebook Comments Box

