काठमाडौँ महानगरपालिका–२८ मा केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा अगाडि

काठमाडौं, ४ जेठ – काठमाडौँ महानगरपालिका–२८ मा ५ सय मतगणना हुँदा पनि नेकपा एमालेका उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा अगाडि नै छन्।

४ सय गणना गर्दा ४ मतले अगाडि देखिएको स्थापित ५ सय मतपत्रको गणना हुँदा ८ मतले अगाडि छन्। आफ्नो वडाको मत गणनामा सुरुवातबाटै अग्रता लिन सुरु गरेका स्थापितले ५ सयमा १३६ मत पाएका छन्।

अन्य वडामा अगाडि रहेका शाहले २८ नम्बर वडामा अहिलेसम्म १२८ मत पाएका छन्। यहाँ नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक सय मत ल्याएकी छन्।

Facebook Comments Box