अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

काठमाडौं, ३ जेठ – अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका दलबहादुर भट्टराई ८२८३ मतका साथ जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पदम क्षेत्रीले ६७२६ मत ल्याए ।

उपाध्यक्षमा पनि एमालेकी दीपा पोख्रेल विजयी भएकी छन् । उनले ८१५५ मत ल्याइन् । उनकी प्रतिस्पर्धी कांग्रेसका शोभाखर खनालले ६६५७ मत ल्याए । यो पालिकामा कांग्रेस र माओवादीको गठबन्धन थियो ।

Facebook Comments Box