आज धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना

काठमाडौँ, २९ भदौ – हाल प्रदेश नं १, २ र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि सामान्यसम्म बदलीका साथै थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशमा भने मौसम आंशिक बदली रहेकाे छ।

महाशाखाका अनुसार आज धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै राति बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुन सम्भावना रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box