आईपीएलमा गुजरात टाइटन्सलाई मुम्बई इन्डियन्सले ५ रनले हरायाे
काठमाडौं, २४ वैशाख – इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा गुजरात टाइटन्समाथि मुम्बई इन्डियन्सले ५ रनले जित हात पारेको छ। शुक्रबार भएको खेलमा पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो।
मुम्बईका लागि इशान किसनले ४५ रन, टिम डेभिडले अविजित ४४ रन तथा रोहित शर्माले ४३ रनको पाली खेले। जवाफी ब्याटिङमा उत्रिएको गुजरातले भने निर्धारित ओभरमा ५ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। गुजरातका ऋद्धिमर्दन शाहले ५५ रन तथा शुबमन गिलले ५२ रनको पाली खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
११ खेलबाट १६ अंक जोडेको गुजरात हारका बाबजुद लिगको शीर्षस्थानमा छ भने मुम्बईको लागि यो १० औं खेलमा दोस्रो जित हो। मुम्बई ४ अंकका साथ लिगको पुछारमा छ।
Facebook Comments Box

