नेपालले आज जिम्बाबे ए सँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै

काठमाडौं, २४ वैशाख – नेपालले शनिबार जिम्बाबे एसँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे ९ बजेदेखि सुरु हुनेछ।

यसअघि शुक्रबार भएको खेलमा नेपाल जिम्बाबे एसँग ३ विकेटले पराजित भएको थियो।एकदिवसीय सिरिज बचाउन पनि आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ। यसअघि भएको टी–२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो।

Facebook Comments Box