धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

जनकपुरधाम, १३ वैशाख – धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

तीनै जनाको घट्नास्थलमै मृत्यु भएको हो । उनका अनुसार मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका-४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ ।

मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

Facebook Comments Box