सिन्धुलीको कमलामाई नगरपालिकामा उपमेयरमा माओवादी केन्द्रका उम्मेदवारको मनोनयन दर्ता नै नभए

काठमाडौं, १३ वैशाख – सिन्धुलीको कमलामाई नगरपालिकामा उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीर्घराज श्रेष्ठको मनोनयन दर्ता नै नभएको पाइएको छ । निर्वाचन अधिकृतको कार्यालयले श्रेष्ठको नाम समानुपातिक प्रणालीको बन्द सूचिमा रहेकाले मनोनयन दर्ता हुन नसकेको जनाएको छ ।

श्रेष्ठले कमलामाइ नगरपालिकाको उपमेयरमा सोमबार मनोनयन दर्ता गर्न विवरण पेश गरेका थिए । तर समानुपातिक सूचिमा नाम रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन नै हुन नसकेको जानकारी दिएको हो ।

Facebook Comments Box