आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हरायाे
काठमाडौं, ११ वैशाख – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावादले जित निकालेको छ । मुम्बईमा गएराति भएको खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको हो ।
बैंगलोरले दिएको ६९ रनको सामान्य लक्ष्य हैदरावादले ८ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । हैदरावादको जितमा अविशेक शर्माले ४७ रनको इनिङ खेले ।
केन विलियम्सन १६ रनमा अविजित रहे । राहुल त्रिपाठी पनि ७ रनमा अविजित रहे । बैंगलोरका हर्सल पटेलले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले १६ ओभर १ बलमा अलआउट हुँदै ६८ रन बनाएको थियो ।
बैंगलोरका लागि सुयाश प्रभुदेशाईले १५ तथा ग्लेन म्याक्स्वेलले १२ रन बनाए । बैंगलोरलाई सस्तैमा समेट्न मार्को जान्सेन र टि नाटराजनले ३र३ विकेट लिए । जगदीश सूचितको नाममा २ विकेट रह्यो ।
जितसँगै हैदरावादले ७ खेलमा १० अंक जोडेको छ । हैदरावाद अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ। बैंगलोर चौंथो स्थानमा झरेको छ ।

