एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ, १९ मङ्सिर – काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (बिहीबार) पनि दुई खेल हुँदै छन्। जसअनुसार आजको पहिलो खेलमा कर्णाली याक्स र काठमान्डु गुर्खाज भिड्दै छन् भने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ।

त्रिवि क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ। एनपीएलमा दोस्रो खेल खेल्न लागेका कर्णाली र काठमाडौँ दुवै टोली पहिलो जित हासिल गर्न चाहन्छन्। यस्तै लगातार दुई खेल हारेको विराटनगर पहिलो जित हासिल गर्न चाहन्छ भने लुम्बिनी यो प्रतियोगितामा पहिलो खेल खेल्दै छ।

एनपीएलमा हिजो बुधबार पनि दुई खेल भएका थिए। जसअन्तर्गत पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनको फराकिलो अन्तरले हरायो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले ७४ रनको जित दर्ता गर्‍यो।

Facebook Comments Box