माघ मसान्तसम्म विद्यालय बन्द रहने, परीक्षा संचालन गर्न अनुमति दिने तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने : सीसीएमसी

काठमाडौँ, १४ माघ – कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ ।

आज बसेको सीसीएमसी बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न समेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

आज बसेको सीसीएमसी बैठकपछि प्रवक्ता सुनिता नेपालले यस्तो जानकारी दिएकी हुन् । विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस पनि बैठकले गरेको छ । साथै, खोप केन्द्रहरुलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको प्रवक्ता नेपालको भनाई छ ।

त्यस्तै गरि (सीसीएमसी)काे वैठकले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा भने जोरबिजोर कायमै राख्न सिफारिस गरिएको छ ।

Facebook Comments Box