आज देशको पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा क्षणिक वर्षाको सम्भावना
काठमाडौं, ८ वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
हाल सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने, देशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने, गण्डकी प्रदेश, वाग्मती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, भोलि दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, वाग्मती तथा प्रदेश १ का केही स्थान र बाकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राती देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

