लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सञ्जय यादव (बारा) एमालेमा प्रवेश गर्ने
काठमाडौं, ७ वैशाख – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सञ्जय यादव (बारा) ले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी विधिसम्मत सञ्चालन नभएको, संगठन निर्माण हुन नसकेको, पार्टीमा केही नेताको मनपरी चलेको जस्ता आरोप नेता यादवको रहेको छ ।
उनले पार्टीको साधारण सदस्य समेत त्याग गरेको बताएका छन् । उनी तत्कालीन राजपाको सह महामन्त्री थिए । लोसपा बनेपछि हालसम्म कार्यकारिणी समितिबाहेक अरू कुनै समिति बनेको छैन ।
त्यसमा पनि उनको गुनासो रहेको छ । उनी एमाले पार्टीमा जाने तयारी गरिरहेका छन् । स्रोतका अनुसार नेता यादवले एमालेका अध्यक्ष केपी शर्मा अोलीसँग पटक–पटक छलफल गरेका छन् । केही दिनमै उनी एमालेमा प्रवेश गर्ने स्रोतले जनाएको छ ।
Facebook Comments Box

