६६ करोड ७९ लाख रुपैयाँ बढीको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ

काठमाडौं, ५ वैशाख – प्रतिबन्धित डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा विर्तामोड घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भइ क्षेत्रपाटी बस्ने दिपेश थापा र बाफलका राहुल चचान छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट पक्राउ गरेको हो ।

कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार उनीहरुले हालसम्म ६६ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार गरेको देखिएको छ । पक्राउ परेकामाथि बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ ।

Facebook Comments Box