भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु

भारत, ५ वैशाख – भारतको आसाम राज्यमा चट्याङले लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ। आइतबार भएको भीषण वर्षासँगै परेको चट्याङ पर्दा उनीहरूको मृत्यु भएको बताइएको छ।

आसाममा शुक्रबारदेखि आइतबारसम्म व्यापक वर्षा भएको हो। वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्याएाको छ।

आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार ८ जनाको मृत्यु भएको हो भने आइतबार थप ६ जनाको। यहाँ चट्याङबाट मात्र अरु धेरै व्यक्ति घाइते भएका पनि अधिकारीले जनाएका छन्।

Facebook Comments Box