त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, १९ चैत – त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल १२:३० मा सुरु हुनेछ । आज मलेसियालाई हराएर नेपाल लगातार चौंथो जित निकाल्न चाहन्छ ।

यस्तै अपराजित रहदै फाइनल पुग्न चाहन्छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । यता, मलेसिया पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । मलेसिया ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। मलेसियालाई नेपालविरुद्धको खेल गर या मरको स्थितिमा रहेको छ ।

जितमा मलेसिया फाइनल पुग्नेछ । हार ब्यहोरेमा मलेसिया बाहिरिनेछ। पपुवा न्युगिनी (पीएनजी) ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मलेसिया पराजित भएमा दोस्रो स्थानमा रहदै पीएनजीले फाइनलमा नेपालको सामना गर्नेछ ।

Facebook Comments Box