पाकिस्तानका प्रधानमन्त्री खानले अविश्वास प्रस्तावको सामना गर्ने राजीनामा नदिने

काठमाडौं, १७ चैत – पाकिस्तानका प्रधानमन्त्री इमरान खानका सल्लाहकार शाहबाज गिलले प्रधानमन्त्री खानले अविश्वास प्रस्तावको सामना गर्ने बताएका छन्। उनले इमरान खानले विपक्षी नेताहरूलाई कुनै प्रस्ताव पठाएको भन्ने कुरा अस्वीकार गरेका छन्।

पाकिस्तानी मिडियामा इमरान खानले विपक्षी नेताहरूलाई अविश्वासको प्रस्ताव फिर्ता लिएमा संसद् विघटन गर्न सक्ने प्रस्ताव पठाएको खबर आएको थियो।

शाहबाज गिलले सञ्चारमाध्यमसँगको कुराकानीमा इमरान खानले राजीनामा नदिने र उनले यो लडाइँ पूर्ण मर्यादाका साथ लड्ने बताएका छन्।यसैबीच राष्ट्रियसभाको अधिवेशनअघि विपक्षी गठबन्धनले बैठक बसेको छ। बैठकमा १ सय ७२ सांसद सहभागी थिए।

Facebook Comments Box