१६ वटा हिमाल आरोहणका लागि एक सय २८ जनाले अनुमति लिए

काठमाडौं, १५ चैत – वसन्त ऋतु सुरु भएसँगै पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिन थालेका छन्। सोमवारसम्म १६ वटा हिमाल आरोहणका लागि एक सय २८ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ।

अनुमति लिनेमध्ये ९६ जना पुरुष र ३२ जना महिला छन्। उनीहरुबाट दुई करोड ६५ लाख ३१ हजार रुपैयाँ रोयल्टी संकलन गरिएको विभागले जनाएको छ। सबैभन्दा धेरै अन्नपूर्ण हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि सोमबारसम्म ६ जना पुरुष र तीन जना महिला गरी नौ जनाले अनुमति लिएका विभागले जनाएको छ। कोरोना महामारीका कारण दुई वर्षदेखि नेपालको हिमाल आरोहण प्रभावित बनेको थियो। यस वर्ष कोरोनाको जोखिम कम भएकोले पर्वतारोहण तथा पर्वतीय पदयात्रामा आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box