मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागी कम्तीमा १९ जनाका मृत्यु

काठमाडौं, १५ चैत – मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागी कम्तीमा १९ जनाका मृत्यु भएको छ। स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी स्थानीय समयअनुसार बिहान करिब १०ः३० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौँ व्यक्ति घाइते भएका बताइएको छ। उक्त घटनामा मृत्यु हुनेमा १६ पुरुष र तीन महिला रहेका बताइएको छ।

मिकोआक्यान राज्यको लस टिनाजा सहरमा उत्सवका लागि भएको जमघटमा दुई समूहबीच विवाद भएपछि गोली चलेको एक प्रत्यक्षदर्शीले बताएका अभियोजनकर्ताको कार्यालयलाई जानकारी प्राप्त भएको छ।

आक्रमणको सूचना पाएपछि अपराध दृश्य तथा विशेषज्ञ सेवा एकाइका कर्मचारी तुरुन्तै घटनास्थल पुग्दा गोली लागि १६ पुरुष र तीन महिला मृत अवस्थामा फेला परेका एफजीईले उल्लेख गरेको छ।

आक्रमणमा घाइते भएका अन्य दर्जनौँलाई स्थानीय अस्पतालमा भर्ना गरी उपचार सुरू गरिएको छ। घटनाबारे थप जानकारीका लागि अनुसन्धान भइरहेको भन्दै अधिकारीले घटनाबारे थप विवरण दिन इन्कार गरेका छन्।

Facebook Comments Box