अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज बस्दै

काठमाडौं, १५ चैत – अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज बस्दैछ । एन्फाले यस अघि स्थगित विशेष साधारण सभा सानेपास्थित हेरिटेज गार्डेनमा बोलाएको छ ।

यस अघि फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाएर स्थगित गरिएको थियो । तर, एन्फाको १८ औं कार्यसमिति बैठकले साधारण सभा चैत १५ गते गर्ने निर्णय गरेको थियो ।

साधारण सभामा निर्वाचनमा केन्द्रित एजेण्डाहरुमा छलफल हुने बताईएको छ । निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक कार्यक्रम तथा बजेटको लेखा परीक्षण प्रतिवेदनलगायतको विषयमा साधारण सभा छलफल हुनेछ । एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ ।

Facebook Comments Box