अध्यक्ष केपी शर्मा ओलीकाे प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले लिखित राय दिने

काठमडौं, ९ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले लिखित राय दिने भएका छन् ।

ओलीको प्रतिवेदनमाथि सदस्यहरुले बैठकमा धारणा राख्न पाउने छैनन्, प्रतिवेदनमाथि टिप्पणी गर्न चाहने केन्द्रीय सदस्यले लिखित राय दिनुपर्नेछ । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रतिवेदनमाथि लामो छलफल नहुने र लिखित राय लिइने बताए । बुधबारको बैठकमा अध्यक्ष ओलीले १५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

Facebook Comments Box