डा. शेखर कोइराला पक्षधरको बैठक कमलपोखरीमा
काठमडौं, ९ चैत – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरको बैठक बसिरहेको छ। नेता शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक कमलपोखरीमा बसिरहेको छ । बैठकमा डेढ दर्जन नेता सहभागी रहेका छन्।
शुक्रबार बस्ने केन्द्रीय समितिको बैठकमा आफ्नो पक्षले उठाउने विषयबारे छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए। उनका अनुसार भातृ संस्थाको नेतृत्व चयन, चुनावी तालमेललगायतका विषयमा छलफल भइरहेको छ।
Facebook Comments Box

