आज देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया सफा रहने

काठमाडौं, ७ चैत – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश १ तथा देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार देशमा हालपश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव सुरु भएको छ । सोमबार (आज) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments Box