गाँजाको सुरुमा २१ महिने शिशु चोरेर बलात्कारपछि हत्या

मोरङ, २९ फागुन – डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको वनमारा र बयरघारीमा लगेर बलात्कार गरेको खुलेको छ । घटनास्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिम दिशामा रहेको छ । उनिहरुले गाँजाको सुरुमा बलात्कार पछि हत्या गरेको प्रहरी अनुसन्धान बाट खुलेको छ ।

यौनांगमा रगत लतपतिएको अवस्थामा २१ महिने बालिका अर्धचेत अबस्थामा घारीमा फेला परेकी थिईन् । उनको उपचारको क्रममा शनिबार मृत्यु भएको थियो । अभियुक्तहरुलाई आबश्यक कारबाहीको लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box