काठमाडौँ उपत्यकामा ९ जना सहित देशभर थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २२ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९ जना सहित देशभर थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५ र ललितपुरमा ४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ३ हजार १३५ आरटी पीसीआर तथा १ हजार ७९४ एन्टीजेन परिक्षण सहित ४ हजार ९२९ जनाको परिक्षण गर्दा थप ६८ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ४६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ४६१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५९ हजार ९३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जानाकाे मृत्युकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९४७ रहेको छ ।

Facebook Comments Box