काठमाडौँ उपत्यकामा ३० जना सहित देशभर थप १२७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १८ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३० जना सहित देशभर थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १८, भक्तपर ४ र ललितपुरमा ८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ४ हजार ६७२ आरटी पीसीआर तथा २ हजार २०२ एन्टीजेन परिक्षण सहित ६ हजार ८७४ जनाको परिक्षण गर्दा थप १२७ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ६३६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ७७० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय २१ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५७ हजार ४ सय ८८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९४१ रहेको छ ।

