आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल सेमिफाइनलमा
काठमाडौँ, ९ फागुन – आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट खेलमा नेपालले क्यानाडालाई ८ विकेटले हराउदै सेमिफाइनलमा पुगेको छ ।
ओमानको अल अमरेट खेलमैदानमा भएकोे खेलका टस जितेर ब्याटिङ्ग गर्न मैदानमा उत्रेको क्यानाडाले १५ ओभरमा सबै विकेटको क्षतिमा ८० रन बनाएको हो ।
क्यानाडाका लागि डिलोन ह्याङ्गरले २४, नभनित ध्यवालले १८ र रियान पठान १४ रन बनाउनुभयो । नेपालका लागि संदिप लामिछानेले ३, कमल अैरी र अभिनाश बोहोराले २-२ तथा कुशल मल्लले १ वकेट लिनुभयो ।
८० रनको लक्ष लिएर मैदानमा उत्रेको नेपालले १४.१ ओभरमा २ खेलाडी गुमाएर लक्ष्य पुरा गर्यो । सेमिफाइनलमा नेपालले यू.ए.इ सँग प्रतिस प्रदा गर्ने छ ।
Facebook Comments Box

