‘सडकमा एउटा, अमेरिकासँग एउटा, कार्यकर्तासँग एउटा, बैठकमा एउटा, रोचक दृश्य देखिरहेका छाै’ : विशाल भट्टराई

काठमाडौँ, ८ फागुन – नेकपा एमालेका प्रमुख सचेतक भट्टराईले केही दलहरुले सडकमा आन्दोलन गर्ने र संसदमा साथ दिने नाटक गरिरहेको पनि आरोप लगाएका छन्। उनले आफ्नो पार्टीको माग पूरा हुन्जेल संसदमा अवरोध गरिरहने बताए।

‘एमसीसी एउटा ठूलो सडकमा द्वन्द्व सिर्जना गरेर, हिंसा निम्त्याएर नेपाली नागरिकहरूबीच पेचिलो लडाइँ सिर्जना गरी विलम्ब गरेर ल्याइयो । नाटक के देखिँदैछ भने सरकारमा पनि बस्ने, संसदमा पनि उपस्थित हुने, कोही बस्ने कोही उभिने, कोही नारा लगाउने, कोही मुसुमुसु हाँसिरहने देखिएको छ’, उनले भने, ‘सडकमा एउटा, अमेरिकासँग एउटा, कार्यकर्तासँग एउटा, बैठकमा एउटा, रोचक दृश्य तपाईँहरुले देखिरहनु भएको छ।’

उनले एमाले अहिलेको सभामुखको अन्याय, अत्याचार र विभेदका कारण लामो समयदेखि संसदीय कारबाहीमा विमुख भएर बसेको पनि बताए।  ‘हामीप्रति गरिएको अन्यायका कारण हामीले प्रतिवाद गर्न हामी नाराबाजी र घेराउमा छौँ ।

त्यसकारण कुनै पनि संसदीय काम कारबाहीमा एमालेलाई संलग्न हुने अवसर प्रदान गरिएको छैन’, उनले भने, ‘यी कुनै प्रक्रियामा हामी सामेल हुँदैनौँ । सडकमा हिंसा र जबरजस्ती जे गर्न खोजिएको छ नेकपा एमाले सिधा विरोध गर्दछ। हाम्रो माग पूरा नभएसम्म एमाले कतै जाँदैन, अवरोध गरिरहन्छौँ।’

Facebook Comments Box