गोरखा-आँबुखैरेनी सडकखण्ड कट्टेलचोकमा शंकास्पद वस्तु फेला

काठमाडौँ, १६ भदौ – गोरखा-आँबुखैरेनी सडकखण्डअन्तरगत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ । शनिबार बिहान टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाकाा प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

एसपी श्रेष्ठका अनुसार ‘मर्निङ वाक’ गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शंकास्पद वस्तु निस्कि्रय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको एसपी श्रेष्ठले बताए ।

Facebook Comments Box