‘सडकमा ढुङ्गामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस् : कमल थापा

काठमाडौं, ६ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दोहोरो चरित्र बन्द गर्न सुझाएका छन्।अमेरिकी सहायता परियोजना एमसीसीसीलाई लिएर सत्ताधारी दुवै दलले सडक आन्दोलन पनि गरिरहेपछि थापाले दोहोरो चरित्र बन्द गर्न भनेका हुन्।

उनले यदि एमसीसीविरुद्ध हो भने घोषित रुपमै मैदानमा उत्रिन पनि आग्रह गरेका छन्। ‘सडकमा ढुङ्गामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस् प्रचण्ड र माधव नेपाल’, उनले भनेका छन्, ‘यदि एमसीसीको विरुद्धमा हुनहुन्छ भने खुलेर प्रतिवाद गर्नुस्। सरकारमा बस्ने अनि सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ ले संविधान र व्यवस्थाकै खिल्ली उडाएको छ।

Facebook Comments Box