काठमाडौँ उपत्यकामा ८९ जना सहित देशभर थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ६ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८९ जना सहित देशभर थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६८, भक्तपुरमा २ र ललितपुरमा १९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार १३३ आरटी पीसीआर तथा ३ हजार ९५८ एन्टीजेन परिक्षण सहित ९ हजार ९१ जनाको परिक्षण गर्दा थप ४३७ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ रहेको छ भने सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ४५४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ४८ हजार ४४७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९१३ रहेको छ ।

Facebook Comments Box