काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला : सेनाको बम डिस्पोजल टोली पुग्यो

काठमाडौं, ६ फागुन – काठमाडौंको ढुंगेअड्डामा विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । कालिका पेट्रोल पम्प नजिक आज बिहान शंकास्पद वस्तु भेटिएको हो ।

अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेको छ । महानरीय प्रहरी परिसर कार्यालका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पार्ने तयारी गरेको छ ।

Facebook Comments Box