दुग्ध विकास संस्थानको महाप्रवन्धक पदमा दरखास्त आह्वान
काठमाडौं, २५ माघ – सरकारले दुग्ध विकास संस्थानको महाप्रवन्धक पदमा पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पदपूर्ति सम्बन्धी सूचना जारी गरी दरखास्त आह्वान गरेको छ ।
कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनसक्ने मन्त्रालयले जनाएको छ ।
साथै उम्मेदवारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३, उपदफा २ (ग) बमोजिम शैक्षिक योग्यता हासिल गरेको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।
Facebook Comments Box

