काठमाडौँ उपत्यकामा ६३४ जना सहित देशभर थप १ हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ६ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६३४ जना सहित देशभर थप १ हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५०५, भक्तपुरमा ३२ र ललितपुरमा ९७ जनामा संक्रमण देखिएको छ ।

यस्तै, देशभरको प्रयोगशालामा ७ हजार १ आरटी पीसीआर तथा ५४७ एन्टीजेन परिक्षण सहित ७ हजार ४८ जनाको परिक्षण गर्दा १ हजार २८१ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ८५ हजार ९०० रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार २५४ रहेको छ ।  यसैगरी, देशभरका क्वारेन्टाइनमा ८१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २५५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ९१ रहेको छ ।

Facebook Comments Box