आज देशभर आंशिक देखि सामान्य बदली रहि थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना

काठमाडौं, ११ माघ – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । यसले देशभर आंशिक देखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । बुधबार पनि देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box