काठमाडौँ उपत्यकामा ३ हजार ७९१ जना सहित देशभर थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ९ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ७९१ जना सहित देशभर थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १३ हजार ३७७ आरटी पीसीआर तथा ४ हजार ६० एन्टीजेन परिक्षण सहित १७ हजार ४३७ जनाको परिक्षण गर्दा थप ६ हजार ४६२ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख २३ हजार ३०७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७७ हजार ४० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४१६ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख २१ हजार ६९९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६५५ रहेको छ ।

