आज देखि सार्वजनिक स्थानमा जाँदा कोरोना खोप लगाएको कार्ड अनिवार्य
काठमाडौं, ७ माघ -आज देखि सार्वजनिक स्थानमा जाँदा कोरोना खोप लगाएको कार्ड अनिवार्य गरिएको छ। सीसीएमसीको निर्णयानुसार गृह मन्त्रालयले आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गरेको हो।
यसर्थ घरबाट कतै निस्किँदै हुनुहुन्छ भने खोपकार्ड बोक्न नबिर्सनुहोला। यस विषयमा सरकारले केही दिनअघि नै जानकारी गराएकाे छ।
Facebook Comments Box

