आज देशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, ४ माघ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण यतिबेला प्रदेश नं १ र मधेस प्रदेशसहित पहाडी भेगमा मौसम आंशिक बदली भएको छ भने तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको जानकारी महाशाखा जनाएकाे छ ।

आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ। देशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ। महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज काठमाडौं उपत्यकामा पनि छिटफुट वर्षा हुने सम्भावना छ।

आज देशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ। मौसमविद् श्रेष्ठले नेपालमा पश्चिमी वायुको प्रभाव केही दिन रहने देखिएको जानकारी दिए।

Facebook Comments Box