देश परायाको खेल मैदान बन्यो : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, २६ पुस – पूर्वराजा ज्ञानेन्द्र शाहले देश पराया (विदेशी) को खेलमैदान बनिसकेको बताएका छन्। ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार शुभकामना दिँदै पूर्वराजाले पृथ्वीनारायण शाहको दिव्य उपदेशको उपेक्षाका कारण देशले असन्तुलनको परिणाम भोग्नुपरेको बताएका छन्।

‘राष्ट्र निर्माताबाट परराष्ट्रका नीति र व्यवहारको संवेदनशीलतालाई सदैव आत्मसाथ गरिरहनुपर्ने सन्देश र दिव्य उपदेशको उपेक्षाका कारण यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौँ’ पूर्वराजाले भनेका छन्, ‘देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्।’

उनले ‘जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीको नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र जे सुकै चयन गरिऊन्, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक सावित हुने’ बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र​ भोलि पृथ्वी जयन्तीमा सहभागी हुँदैछन्।

Facebook Comments Box