गोरखामा मिनि ट्रक दुर्घटना तीन जनाकाे मृत्यु

काठमाडौँ, १६ पुस – गोरखाको धार्चे गाउँपालिका–५ माछाखोला नजिकै शुक्रवार भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । चालक धादिङ जिल्लाका निराजन नेपाल, ट्रकमा सवार दिपक परियार र दुई वर्षीया बालिका सपना गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल र परियारको घटनास्थलमै मृत्यु भएको र बालिकाको भने उपचारको क्रममा मृत्यु भएको डिएसपी प्रकाश दाहालले बताए । दुर्घटनामा घाइते भएका आशमान गुरुङ, अस्मिता गुरुङ, सरानी गुरुङलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरबाट काठमाडौंको शिक्षण अस्पताल लगिएको डीएसपी दाहाले बताए ।

आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box